News Category 2082/01/18
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले श्रमिकहरुको श्रमको सम्मान गर्नु आवश्यक रहेको बताएका छन् ।
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे । विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।
समाजको विकासमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष मण्डलले रोजगारीको लागि विदेशिनु र त्यहाँ असुरक्षित रुपले काम गर्नु चिन्ताजनक रहेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा ६० जना श्रमिकहरुलाई सम्मान गरिएको कार्यक्रमका सम्पर्क ब्यक्ति रतनकुमार मिश्रले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्यनारायण यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु कुमार झासहितकाले मजदुरहरुको श्रमको सम्मान गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ