News Category 2082/01/18
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रिय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काएको एक भिडियो सामाजिक संजालमा भाइरल भएपछी बिहीबार राष्ट्रिय तथा अन्तरािष्ट्रय मिडियामा यसको निकै चर्चा भएको छ ।
यस सन्दर्भमा प्रहरीले समेत चासो देखाएर अनुसन्धान सुरु गरेको छ । प्राप्त जानकारी अनुसार डा. सिंहले आफन्तको विवाहको हल्दी मेहन्दीमा पड्काएको पेस्तोल ‘नक्कली’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ५ घर भएकी नेतृ यादवले सर्लाहीको मलङ्गवा नगरपालिका ५, भाडसरमा आएर विवाहको हल्दी मेहन्दीमा पेस्तोल पड्काएको भिडियो बुधबार रातीदेखी टिकटिक र अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सो विवाह समारोहमा अन्य केही आफन्तसँग नाच्दै गर्दा यादवले पेस्तोल पड्काएको भिडियो भाइरल भएपछि उनलाई बिहीबार सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय राजविराजमा बोलाएर सोधपुछ गरेको छ । त्यसक्रममा यादवले उक्त पेस्तोल सर्लाहीमा आफन्तको विवाहमा आउँदा पड्काएको स्वीकार गरेपछि सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी गरायो ।
सो पेस्तोल र बारुद बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले वसन्त कुमारका दाइ मलङ्गवा नगरपालिका २, का अन्जनी तिलहरीको घरबाट बरामद गरेको छ ।
यादवले उक्त पेस्तोल यही वैशाख ११ गते सीमावर्ती क्षेत्रस्थित मलङ्गवा नगरपालिका ५, भाडसरका वसन्त कुमारकी छोरी सुप्रिया कुमारीको हल्दी मेहन्दीमा पड्काएको स्वीकार गरेको प्रहरीले जनाएको छ । बबीसिंह यादव वसन्त कुमारको भान्जी हुन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बबीसिंह यादवले उक्त नक्कली पेस्तोलमा बारुद हालेर पड्काएको पाइएको जानकारी दिएका छन् ।
डिएसपी राईका अनुसार बरामद पेस्तोल झट्ट हेर्दा गोली हालेर पड्काउने सक्कली पेस्तोल जस्तै देखिएको र थप पुष्टीका लागि फरेन्सिक परीक्षण गर्न काठमाडौं पठाउने तयारी गरिएको छ ।
नेतृ यादवले आफूले पड्काएको पेस्तोलबाट एक राउणन्ड हवाइ फायर गरी धुँवा उडेको भिडियो भाइरल भएपछि फेसबुकमा स्टाटस लेख्दै उक्त घटना भारतमा भएको दाबी गरेकी थिइन् । उनले उक्त पेस्तोल खेलौना भएको यादवले दाबी समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ