News Category 2082/01/18
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रिय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काएको एक भिडियो सामाजिक संजालमा भाइरल भएपछी बिहीबार राष्ट्रिय तथा अन्तरािष्ट्रय मिडियामा यसको निकै चर्चा भएको छ ।
यस सन्दर्भमा प्रहरीले समेत चासो देखाएर अनुसन्धान सुरु गरेको छ । प्राप्त जानकारी अनुसार डा. सिंहले आफन्तको विवाहको हल्दी मेहन्दीमा पड्काएको पेस्तोल ‘नक्कली’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ५ घर भएकी नेतृ यादवले सर्लाहीको मलङ्गवा नगरपालिका ५, भाडसरमा आएर विवाहको हल्दी मेहन्दीमा पेस्तोल पड्काएको भिडियो बुधबार रातीदेखी टिकटिक र अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सो विवाह समारोहमा अन्य केही आफन्तसँग नाच्दै गर्दा यादवले पेस्तोल पड्काएको भिडियो भाइरल भएपछि उनलाई बिहीबार सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय राजविराजमा बोलाएर सोधपुछ गरेको छ । त्यसक्रममा यादवले उक्त पेस्तोल सर्लाहीमा आफन्तको विवाहमा आउँदा पड्काएको स्वीकार गरेपछि सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी गरायो ।
सो पेस्तोल र बारुद बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले वसन्त कुमारका दाइ मलङ्गवा नगरपालिका २, का अन्जनी तिलहरीको घरबाट बरामद गरेको छ ।
यादवले उक्त पेस्तोल यही वैशाख ११ गते सीमावर्ती क्षेत्रस्थित मलङ्गवा नगरपालिका ५, भाडसरका वसन्त कुमारकी छोरी सुप्रिया कुमारीको हल्दी मेहन्दीमा पड्काएको स्वीकार गरेको प्रहरीले जनाएको छ । बबीसिंह यादव वसन्त कुमारको भान्जी हुन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बबीसिंह यादवले उक्त नक्कली पेस्तोलमा बारुद हालेर पड्काएको पाइएको जानकारी दिएका छन् ।
डिएसपी राईका अनुसार बरामद पेस्तोल झट्ट हेर्दा गोली हालेर पड्काउने सक्कली पेस्तोल जस्तै देखिएको र थप पुष्टीका लागि फरेन्सिक परीक्षण गर्न काठमाडौं पठाउने तयारी गरिएको छ ।
नेतृ यादवले आफूले पड्काएको पेस्तोलबाट एक राउणन्ड हवाइ फायर गरी धुँवा उडेको भिडियो भाइरल भएपछि फेसबुकमा स्टाटस लेख्दै उक्त घटना भारतमा भएको दाबी गरेकी थिइन् । उनले उक्त पेस्तोल खेलौना भएको यादवले दाबी समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ