News Category 2082/01/18
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुने बताएका छन् ।
राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
“यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।’
सरकारले भुमि आयोगलाई सबै काम सिध्याउन २०८४ सम्मको समय अवधी दिएको भन्दै उनले यो अवधीमा काम सकाउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने जिकिर गरे । गौचरन, जंगल, हाट मा पनि वस्ती बसेको उल्लेख गर्दै उनले यो चुनौती पनि रहेको बताए ।
भूमि समस्या समाधान आयोगका मधेश प्रदेश संयोजक आरती भण्डारीले भूमि समस्या देशकै समस्या रहेको बताइन् । सुकुम्बासी हुनु रहर नभई बाध्यता भएको बताउँदै उनले यो समस्या सबै मिली समाधान गर्नुपर्ने बताइन् ।
भूमि समस्या समाधान आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले भुमिहिन, दलित, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगको प्रमुख काम रहेको बताए ।
राष्ट्रको गौरवको योजना हो यसलाई सबै मिलेर सफल बनाउनुपर्ने उनले बताए । यस पटक मिति तोकेरै काम गर्न भनिएकाले २०८४ सम्म काम टुङ्याउन सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।
भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाको अध्यक्षतामा आयोजित अभिमुखी कार्यक्रममा स्थानिय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ