News Category 2082/01/18
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले मधेश प्रदेशमा पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन ऐन आईसकेकोले अव सरकारले छिट्टै नियमावली ल्याएर बोर्ड गठन गर्ने र यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने बताएका छन् ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सप्तरीको राजविराजमा बिहीबार आयोजना गरेको “स्थानिय सरकार, मधेश प्रदेश सरकार पर्यटन व्यवसायी र सरोकारबालाबीचको बैठक तथा अन्तरक्रिया अवलोकन एवं प्रचारप्रसार कार्यक्रम” मा बोल्दै मन्त्री अलीले यस्तो कुरा बताएका हुन् ।
उनले मधेश प्रदेशको ८ वटै जिल्लामा पर्यटन विकास गर्न सरकारले काम गरिरहेको जानकारी दिदै भने, “पर्यटन ऐन र नियमावली बनिसकेको छ र छिट्टै पर्यटन बोर्डको गठन हुदैछ ।”
मधेश सरकारले ८ वटै जिल्लामा पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको संरक्षण सम्वद्र्धृनका लागि विगतमा पनि बजेट दिएको र आउदो आर्थिक बर्षमा समेत बजेट विनियोजन गर्ने उनको भनाई थियो ।
सरकारको एकल प्रयासबाट मात्र पर्यटन विकास सम्भव नहुने भन्दै उनले यसमा निजी क्षेत्र तथा सरोकारवाराला सबैको सहयोग आवश्यक रहेको बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पुर्व सिंचाईमन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी लगायतले सप्तरीको एतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन तथा विकासमा तिनै तहका सरकारले योगदान दिनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ