News Category 2082/01/18
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
आन्दोलनरत नगरवासीद्वारा गठित संघर्ष समितिले बिहीवार आ–आफ्नो घर पसलमा कालो झण्डा झुण्डयाएर विरोध प्रकट गरेका छन् ।
राजविराज नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको माग सहित विभिन्न ८ बुँदे माग अघि सार्दै गठित संघर्ष समितिले दोश्रो चरणको आन्दोलन अन्तरगत सो कालो झण्डा झुण्ड्याएर यसरी विरोध प्रकट गरेका हुन् ।
संघर्ष समितिका संयोजक इर्साद अन्सारी, नागरिक अगुवा अर्जुन प्रसाद साह, संघर्ष समितिका प्रवक्ता अनिल देव लगायतको अगुवाईमा बिहानैदेखि नगरका सार्वजनिक स्थलहरुमा समेत कालो झण्डा झुण्ड्याइएको छ ।
बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेन रोड तथा भित्री सडकको दाया बाया रहेका ५ हजार २ सय परिवार वर्षौदेखि लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट विगत ८ वर्षदेखि रोक्का प्रक्रिया बन्द गरिएपछि मार्कामा परेका छन् ।
जग्गावापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बंैक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
संघर्ष समितिले बिटौरी र ब्लक जग्गाको लालपूर्जाका साथै राजविराज बस पार्क अविलम्ब संचालन, राजविराज हटियामा निर्माणाधिन व्यवसाय कम्प्लेक्सको निर्माण कार्य अविलम्ब सम्पन्न गरी व्यवसायीलाई हस्तानान्तरण, सप्तरीको सिमा नाका क्षेत्रमा वर्षौदेखि बन्द रहेको छोटी भन्सार कार्यालयहरुको पुनसंचालन लगायतको ८ बुँदे माग अघि सार्दै दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार बिहीवार नगरभरी कालो झण्डा झुण्ड्याउने कार्यक्रम सम्पन्न गरिएको छ भने बैशाख १९ गते शुक्रवार स्थानीय गजेन्द्र चौकमा ८ बुँदे मागका पक्षमा हस्ताक्षर संकलन अभियान, बैशाख २१ गते आइतवार नापी कार्यालयमा धारणा र बैशाख २२ गते सोमवार राजविराज नगरपालिकामा धर्ना दिई कामकाज ठप्प पार्ने घोषणा गरेको छ ।
यस्तै बैशाख २४ गते बुधवार संघर्ष समितिको बैठक बसी आन्दोलनको समिक्षा तथा तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने संघर्ष समितिले जनाएको छ । प्रथम चरणमा गत फागुन १७ गते राजविराज बन्द कार्यक्रमको आयोजना गरिएपछि तातेको स्थानीय प्रशासनको आश्वासन पश्चात केही दिनका लागि आन्दोलन स्थगित गरेको संघर्ष समितिले माग पुरा गर्न सरोकारवाला निकाय उदासिन बनेको भन्दै पुनः आन्दोलन शुरु गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ