News Category 2082/01/21
महिलालाई आत्मनिर्भर बनाउने प्रयास

दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल–भारत मैत्री संघ सप्तरीले तीन महिने निःशुल्क सिलाइ कटाई तालिम दिएर गरिब विपन्न महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ ।
२०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन ।
प्रशिक्षार्थी काजल कुमारीले तालिममा प्राप्त ज्ञानलाई फुर्सदको समयमा सदुपयोग गर्ने र घर मै वसेर व्यवसाय संचालन गरी आय आर्जन गर्ने अवसर र हौसला मिलेको सुनाईन ।
नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण तथा समापन समाहरोमा संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, उपाध्यक्ष ओम प्रकास साह, महासचिव सत्यवान कुमार सिंह, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, नेपाली काँग्रेस मधेश प्रदेश समितीका सहमहामन्त्री विन्दु कुमारी यादव लगायतले पनि शुभकामना दिदै गरिब विपन्न महिलाहरुको आत्मबल बढाउन तथा सीप सिकाएर उनीहरुलाई आय आर्जनको श्रोत जुटाउन संघले गरेको प्रयास सराहायनीय कार्य भएको बताएका थिए ।
तालिममा सहभागी भएकाहरुका लागी सिलाई मेशीन खरिद र प्रशिक्षिकाको पारिश्रमिक लगायतका कार्यमा भएको खर्च समाजेवी शैलेन्द्र मोहन झा, नेपाल–भारत मैत्री संघ सप्तरी शाखाका अध्यक्ष मनोज मुन्धडा र साहित्यकर्मी समेत रहेकी नेपाल–भारत मैत्री संघ उदयपुरकी अध्यक्ष करुणा झाले मिलेर नीजी लगानी गरेर व्यवस्थापन गरेको तालिम आयोजक संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ