News Category 2082/01/21
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल–भारत मैत्री संघ सप्तरीले तीन महिने निःशुल्क सिलाइ कटाई तालिम दिएर गरिब विपन्न महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ ।
२०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन ।
प्रशिक्षार्थी काजल कुमारीले तालिममा प्राप्त ज्ञानलाई फुर्सदको समयमा सदुपयोग गर्ने र घर मै वसेर व्यवसाय संचालन गरी आय आर्जन गर्ने अवसर र हौसला मिलेको सुनाईन ।
नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण तथा समापन समाहरोमा संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, उपाध्यक्ष ओम प्रकास साह, महासचिव सत्यवान कुमार सिंह, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, नेपाली काँग्रेस मधेश प्रदेश समितीका सहमहामन्त्री विन्दु कुमारी यादव लगायतले पनि शुभकामना दिदै गरिब विपन्न महिलाहरुको आत्मबल बढाउन तथा सीप सिकाएर उनीहरुलाई आय आर्जनको श्रोत जुटाउन संघले गरेको प्रयास सराहायनीय कार्य भएको बताएका थिए ।
तालिममा सहभागी भएकाहरुका लागी सिलाई मेशीन खरिद र प्रशिक्षिकाको पारिश्रमिक लगायतका कार्यमा भएको खर्च समाजेवी शैलेन्द्र मोहन झा, नेपाल–भारत मैत्री संघ सप्तरी शाखाका अध्यक्ष मनोज मुन्धडा र साहित्यकर्मी समेत रहेकी नेपाल–भारत मैत्री संघ उदयपुरकी अध्यक्ष करुणा झाले मिलेर नीजी लगानी गरेर व्यवस्थापन गरेको तालिम आयोजक संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ