News Category 2082/01/21
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
रुपनी गाउँपालिकामा अवस्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा आइतबारदेखी श्री सीताराम नाम १००८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायज्ञको शुभारम्भ भएको छ ।
उक्त महायज्ञको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पूजापाठ गरि शुभारम्भ गरेका हुन् ।
आइतबार बिहान कलश यात्रा समेत निकालिएको थियो । महायज्ञस्थलबाट निस्केको कलशयात्रामा हजारौंको संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले भुतनाथ मन्दिर स्थित पोखरीबाट पवित्र जल भरेर पुनः यज्ञस्थल पुगेका थिए ।
आयोजक समितिका अनुसार बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता रहेको छ । उक्त महायज्ञमा १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गरिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरेका छन् ।
महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरुको व्यवस्था मिलाइएको जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए ।
महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती राखिएको छ ।
महायज्ञ शुभारम्भका अवसरमा मुख्यमन्त्री सिंहका साथै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद महेशकुमार यादव, समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, वडाअध्यक्ष जबाहर यादव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ