News Category 2082/01/21
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
रुपनी गाउँपालिकामा अवस्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा आइतबारदेखी श्री सीताराम नाम १००८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायज्ञको शुभारम्भ भएको छ ।
उक्त महायज्ञको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पूजापाठ गरि शुभारम्भ गरेका हुन् ।
आइतबार बिहान कलश यात्रा समेत निकालिएको थियो । महायज्ञस्थलबाट निस्केको कलशयात्रामा हजारौंको संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले भुतनाथ मन्दिर स्थित पोखरीबाट पवित्र जल भरेर पुनः यज्ञस्थल पुगेका थिए ।
आयोजक समितिका अनुसार बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता रहेको छ । उक्त महायज्ञमा १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गरिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरेका छन् ।
महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरुको व्यवस्था मिलाइएको जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए ।
महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती राखिएको छ ।
महायज्ञ शुभारम्भका अवसरमा मुख्यमन्त्री सिंहका साथै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद महेशकुमार यादव, समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, वडाअध्यक्ष जबाहर यादव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ