News Category 2082/01/27
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
राजविराज÷राजविराजस्थित हुलाकी मार्ग अन्तरगत अदालतदेखी राम मन्दिरसम्मको आधी किलोमिटर सडकखण्डमा सडकपेटी र सडक नै छेकेर फुटफाटे पसलेले पसल थापेपछी आवागमनमा समस्या देखिएको छ ।
सम्बन्धीत निकायले चासो नदिदा ती सडकपेटीमा मात्र नभई झण्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिएको हो ।
सडकपेटी र सडक नै छेकेर कारोवार गर्नेहरुमा तरकारी र फलफुल व्यवसायीदेखी चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछी ओहोर दोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ ।
उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ । एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ ।
यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ ।
पैदलयात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर संचालनमा ल्याइएका यस्ता पसलहरु अविलम्ब हटाउनु पर्ने स्थानीयको माग छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ