News Category 2082/01/27
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
राजविराज÷सप्तरीको हनुमाननगर १ स्थित सप्तकोशी नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन् ।
उनको शव अहिले पोष्टमार्टमका साथै सनाखत प्रयोजनका लागि गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले कोशी नदी आसपासका बासिन्दाका साथै सबैतिर मृतकको हुलिया विवरण पठाएर सनाखतको प्रयास गरिरहेको जानकारी दिएका छन् ।
कालोमा सेताको घर्सा भएको हाफपैन्ट र निलो हरियो टिसर्ट लगाएको अवस्थामा शुक्रबार कोशी व्यारेजको पुलदेखी करिब तीनसय मिटर टाढा अन्दाजी ४०÷४५ वर्षिय युवक मृत अवस्थामा फेला परेको थियो । मधेशी मूलका ती व्यक्तिको शव डुंगा चढेर गएका प्रहरी टोलीले नदीबाट निकालेका थिए ।
मृतकको शव गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा ल्याई राखिएको तथा पोष्टमार्टम सकिएपछी मात्र मृत्युको कारण खुल्ने बताउँदै प्रहरी नायब उपरिक्षक काफ्लेले मृतकका आफन्त पत्ता लगाउने काम भइरहेको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ