News Category 2082/01/27
समस्यै समस्याले जेलिएको राजविराज कारागार
राजविराज÷मुलुकै पुरानो मध्येका राजविराज कारागार अहिले समस्यै समस्याले जेलिएको छ । कारागारमा १ सय २५ जनाको क्षमता रहेपनि अहिले ५ महिला सहित ३ सय ९८ जना कैदीबन्दी राखिएका छन ।
अर्कोतिर कुल २ विगाहा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विगहा जती जग्गा अतिक्रमणको चपेटामा परेपछि समस्या झनै थपिएको हो । एकातिर जीर्ण भवन अर्काेतीर क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा जोखिम संगै निगरानी गर्न पनि समस्या भएको जेलर मातृका प्रसाद दाहाल बताउँछन । कारागारमा दरबन्दी अनुसारको कर्मचारी र सुरक्षाकर्मीको पनि अभाव देखिएको उनको भनाई छ ।
कारागारमा १ अधिकृत, १ सुब्बा, ३ खरिदार, १ जना सहलेखापाल र ६ जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा १ जना अधिकृत, १ जना सहलेखापाल र ४ जना कार्यालय सहयोगी मात्र उपलब्ध छन । यस्तै १ जना अहेबको दरबन्दी रहेपनि त्यसमा पदपुर्ती हुन सकेको छैन । दरबन्दी अनुसारको सुरक्षाकर्मीको पनि अभाव देखिएको जेलर दाहालको भनाई छ ।
कारागारको भवन र पर्खालको अवस्था हेर्दा कुन बेला भवन ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने हुन भन्ने चिन्ताले सताईरहेका बेला पछिल्लो पटक गत बैशाख १४ गते राती हावाहुरी र वर्षा संगै चट्याङ्ग लागेका बखत सुरक्षाकर्मी ओत लागेको मौका छोपी एक कैदी फरार भएपछि चिन्ताले निन्द्रा हरेको उनको भनाई छ ।
चोरी मु्द्दामा धरौटी बुझाउन नसकेर बन्दी जीवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ का ३५ वर्षिय रामानन्द मण्डल २० फिट अग्लो कारागारको पर्खाल नाघेर फरार भएका थिए । उनी अझै पक्राउ पर्न सकेका छैनन् ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले फरार कैदी मण्डलको व्यापक खोजी भइरहेको र चाडै पक्राउ पर्ने बताएका छन ।
समस्या यतिमात्र होइन, कारागारमा सीसीटिभी क्यामेरा, जेनेटर समेत छैन, एक कर्मचारीले भने– सीसीटिभी क्यामेरा जडान भएको भए निगरानी गर्न सहज हुन्थ्यो, तर त्यो पनि नहुँदा समस्या भएको छ ।”
उनले जेनेटर समेत नहुँदा बत्ती गएको बेला टर्च र इमरजन्सी लाईटको भरमा निगरानी गर्नू पर्ने बाध्यता रहेको सुनाए । विगतमा कैदी ओसार पसारका लागी प्रयोग गरिने कारागारको एक मात्र गाडी अहिले विग्रेर महिनौदेखी लहानस्थित एक ग्यारेजमा थन्किएको तथा बजेटको अभावमा गाडी ल्याउन नसकिएको उनले बताए ।
उनले कारागार सुरक्षाका लागी कारागारको पर्खालको चारैतीर काँटेतार, सीसीटिभी क्यामेरा जडान आवश्यक भएको भन्दै कारागारको सम्पुर्ण समस्या समाधानका लागी आपुृmले सम्बन्धित निकायमा आएको दिन देखी नै पहल गरिरहेको बताएका छन ।
राणाकाल मै २००८ सालमा निर्माण भएको कारागार सरकारी उपेक्षाका कारण जीर्ण र अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयले बेलैमा यस तर्फ ध्यान दिन सरकारसंग मागँ गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ