News Category 2082/02/13
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
राजविराज वडा नं. ६ स्थित कारागार टोलका वासिन्दाहरुमा अहिले खुशियालीको माहोल बनेको छ । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी उनीहरु खुशी भएका छन् ।
मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ ।
उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ । सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
शिलान्यास समारोहमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै साँसद यादवले प्राप्त बजेटबाट पहिलो चरणमा उक्त वस्तीको अरबिन्द राउतको घरदेखी प्रभा मण्डल र महेन्द्र राउतको घर देखी अरविन्द राउतको घर सम्म नाला र सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए । उक्त वस्तीमा अधिकाँश दलित समुदायको वसोवास रहेको छ ।
मंगलबारै संसदीय दलका नेता यादव र अर्का प्रदेश सांसद शम्भु साहले जिल्लाको राजगढ गाउँपालिका ५ धोनकी टोलस्थित कसहा नदी नियन्त्रण कार्यालयको संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ