News Category 2082/02/14
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाउँदै छ ।
गणतन्त्र दिवसको अवसरमा पहिलो दिन बुधबार मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई गरिएको छ ।
सो अवसरमा प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकारसम्पन्न भएको बताउँदै पाएका उपलब्धी तथा अधिकारलाई संस्थागत गर्नका निम्ति दिवस मनाइने गरिएको बताए ।
सो अवसरमा प्रदेश सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले गणतन्त्र स्थापनापछी संचारकर्मी, राजनीतिकर्मी, सुरक्षाकर्मी, विद्यार्थी, कर्मचारी, युवा लगायत सम्पूर्ण नागरिक अधिकार सम्पन्न भएको उल्लेख छ । उनले भने, “मधेश प्रदेशका सुरक्षाकर्मीहरु सीमित श्रोत साधानका बाबजुद पनि अनुशाषित रहेर काम गरिरहेका छन्, मुलुकको सात वटै प्रदेश मध्ये मधेश प्रदेश नमूना प्रदेशको रुपमा विकसित गर्नका लागि सबैको सहयोग अपिहार्य रहेको छ ।”
उनले गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको जानकारी समेत दिएका छन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री लेखीले भने, “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गर्न लागेको हो । उनले थपे, “म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” उनले भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
बुधबारै रक्तदान कार्यक्रमको आयोजना गरिदै छ । तीन दिवसीय कार्यक्रम अन्तरगत दोश्रो दिन १५ गते “गणतन्त्रको उपलब्धी र चुनौती” सम्बन्धी विचार गोष्ठी, प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान तथा जेठ १६ गते जनकपुरस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई दिवा भोजन खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ