News Category 2082/02/14
सडक निर्माणको माग गर्दै सडक जाम

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
राजविराजस्थित रुपनी बस स्टेण्ड क्षेत्रको जिर्ण सडक निर्माणको माग गर्दै यातायात मजदूहरु आन्दोलित भएका छन् ।
जिर्ण सडकको मरमत सम्भार तथा स्तरोन्नतिको पटक पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै मजदूरहरु आन्दोलित भएका हुन् ।
बुधबार उक्त सडक खण्डको बीच सडकमै आ–आफ्नो अटो र सिटि रिक्सा तेस्र्याएर यातायात मजदूर चकका जाम र टायर बालेर प्रदर्शन गरेका छन् ।
चक्का जामका कारण दुवै तर्फका गरि सयौं सवारी साधन रोकिएर यात्रीहरुको सास्ती भएको छ । उक्त सडक खण्डमा दर्जनों ठाउँमा परेका खाल्डाले साना ठूला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ ।
खाल्डोकै कारण बुधबार विहान ७ बजे तिर चटपटे बेचेर गुजारा चलाउँदै गरेका राजविराज ८ निवासी सदानन्द भगतको ठेला सडकमै पल्टिएर त्यसमा रहेका सामाग्रीहरु नष्ट भएपछि यातायात मजदूर झनै आक्रोशित भए ।
सडकको दर्जनों ठाउँमा खाल्डा परेका कारण दिनहुँजसो सवारी दुर्घट्ना हुने गरेको भन्दै यातायात मजदूरले उक्त जिर्ण सडकको स्तरोन्नति हुनुपर्ने एक सुत्रिय माग अघि सारेका छन् ।
विहानै देखि यातायात मजदूरले चक्का जाम गरेको खवर पाएपछि पुगेकी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले सडक स्तरोन्नति कार्यको जिम्मा पाएका निर्माण व्यवसायीहरुलाई झिकाई अविलम्ब निर्माण कार्य शुरु गर्न लगाउने र तत्काल उक्त कार्य शुरु नगरे कारवाही गर्ने प्रतिवद्धता जनाएपछि चार घण्टा पश्चात आवागमन सूचारु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ