News Category 2082/02/16
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
१८औं गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सप्तरीका ५ सहित एक दर्जन पत्रकारलाई सम्मानित गरेको छ ।
मधेश प्रदेश सरकारको गृहसञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीवार जनकपुरमा आयोजित “शुभकामना आदान प्रदान तथा अभिनन्दन” कार्यक्रममा सप्तरीका ५ सहित मधेश प्रदेशका १३ जना प्रेस स्वतन्त्रता सेनानीबाट विभुषित पत्रकारहरुलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो ।
गृह सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका राजकुमार लेखीको पहलमा पहिलो पल्ट मधेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई यसरी सम्मानित गरिएको हो । उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती मुख्यमन्त्री सतिशकुमार सिंहले प्रेस स्वतन्त्रता सेनानीहरुलाई जनही ११ हजार नगद पुरस्कार तथा कदर पत्रबाट सम्मानित गरेका छन् ।
यसरी सम्मानित हुनेहरुमा सप्तरीका शिशु प्रसाद देवकोटा, रामनारायण देव, बैद्यनाथ झा, प्रकाश खतिवडा र देवराम यादव छन ।
यस्तै मधेश प्रदेश कै अन्य जिल्लाका अशोक रौनियार, राम भरत साह, विन्देश्वरी मण्डल, कुँवरकान्त झा, गोपाल बराल, इश्वरी काफ्ले, गया यादव र शत्रुघन नेपाल पनि सम्मानित भएका हुन ।
कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ