News Category 2082/02/16
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संञ्चालन गर्ने सप्तरीमा विद्यालयको संख्या एक दर्जन भन्दा बढी पुगेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले केही दिन यता थालेको विद्यालय अनुगमनका क्रममा शुक्रबार सम्म अनुमति भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको संख्या १६ पुगेको हो ।
अनुमति लिदाको समय विद्यालय सञ्चालकले उल्लेख गरेको ठेगाना भन्दा फरक ठाउँमा विद्यालय सञ्चालन गरेको समेत पाईएको अनुगमन टोलीका नेतृत्वकर्ता जिल्ला शिक्षा विकास समन्वय ईकाइ सप्तरीका प्रमुख शशी कुमार यादवले बताए ।
सप्तरीमा रहेका १८ पालिकामा विगत दुई साता थालिएको अनुगमन शुक्रवारसम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र विष्णुपुर गाउँपालिका गरि ४ पालिकामा सकिएको छ ।
अझै १४ पालिकामा अनुगमन गर्न बाँकी नै रहेकाले मापदण्ड विपरित सञ्चालनमा रहेका विद्यालयको संख्या ठूलै देखिने अनुमान गरिएको उनको भनाई छ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले गत बैशाख १९ गते अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न÷गराउन आदेश जारी गरेपछि त्यसलाई कार्यान्वय गराउन अनुगमन तिब्र बनाइएको उनले बताए ।
अनुगमनका क्रममा धेरैजसो निजी विद्यालयले अदालतको आदेशको पालना र शिक्षा ऐनले व्यवस्था गरेको मापदण्ड पुरा नगरेको पाइएकाले प्रहरी प्रशासन समेतको सहयोगमा कारवाही प्रक्रियामा जान लागेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने तथा मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका विद्यालय माथि कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।
अनुगमन टोलीमा शिक्षा विकास समन्वय ईकाइका साथै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ