News Category 2082/02/16
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संञ्चालन गर्ने सप्तरीमा विद्यालयको संख्या एक दर्जन भन्दा बढी पुगेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले केही दिन यता थालेको विद्यालय अनुगमनका क्रममा शुक्रबार सम्म अनुमति भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको संख्या १६ पुगेको हो ।
अनुमति लिदाको समय विद्यालय सञ्चालकले उल्लेख गरेको ठेगाना भन्दा फरक ठाउँमा विद्यालय सञ्चालन गरेको समेत पाईएको अनुगमन टोलीका नेतृत्वकर्ता जिल्ला शिक्षा विकास समन्वय ईकाइ सप्तरीका प्रमुख शशी कुमार यादवले बताए ।
सप्तरीमा रहेका १८ पालिकामा विगत दुई साता थालिएको अनुगमन शुक्रवारसम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र विष्णुपुर गाउँपालिका गरि ४ पालिकामा सकिएको छ ।
अझै १४ पालिकामा अनुगमन गर्न बाँकी नै रहेकाले मापदण्ड विपरित सञ्चालनमा रहेका विद्यालयको संख्या ठूलै देखिने अनुमान गरिएको उनको भनाई छ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले गत बैशाख १९ गते अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न÷गराउन आदेश जारी गरेपछि त्यसलाई कार्यान्वय गराउन अनुगमन तिब्र बनाइएको उनले बताए ।
अनुगमनका क्रममा धेरैजसो निजी विद्यालयले अदालतको आदेशको पालना र शिक्षा ऐनले व्यवस्था गरेको मापदण्ड पुरा नगरेको पाइएकाले प्रहरी प्रशासन समेतको सहयोगमा कारवाही प्रक्रियामा जान लागेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने तथा मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका विद्यालय माथि कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।
अनुगमन टोलीमा शिक्षा विकास समन्वय ईकाइका साथै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ