News Category 2082/02/19
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्दै आवश्यक पुर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन ।
सोमवार एकै दिन आफ्नो गृहजिल्ला सप्तरीको चार वटा सामुदायीक विद्यालयमा बन्दै गरेको नयाँ भवनको अनुगमन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
उनले सुविधा सम्पन्न भवन उपलब्ध हुन लागेकाले गुणस्तरीय शिक्षाद्वारा विद्यालयमा विद्यार्थी संख्या बढाउने योजनमा जुट्न प्राध्यापक र शिक्षकसंग आग्रह समेत गरे ।
“परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिर्वतन गरी प्राविधीक र व्यवसायीक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ, मन्त्री साहले भने, “यस तर्फ सरकार विभिन्न नीति निर्माण गर्दै अघि बढेको छ ।”
उनकै पहलमा शहरी विकास मन्त्रालयबाट जनही १÷१ करोडका दरले प्राप्त ४ करोड बजेटबाट सप्तरीको कंचनरुप नगरपालिका स्थित सर्वाेदय उच्चमाध्यमिक विद्यालय, आधारभुत विद्यालय बरमझिया, हनमाननगर कंकालिनी नगरपालिका मधवापुर स्थित जनता माध्यमिक विद्यालय तथा सप्तकोशी नगरपालिका स्थित गोबद्र्धन जनता माध्यमिक विद्यालयमा थप नयाँ कक्षा कोठा भवनहरु निर्माण कार्य भईरहेको छ ।
अन्तिम चरणमा पुगेको निर्माण कार्यको स्थलगत निरिक्षण गरेका उनले निर्माण कार्यको प्रगति विवरण र गुणस्तरीयताबारे समेत जानकारी लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ