News Category 2082/02/19
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
दैनिक समाचारदाता
रौतहट, १९ जेठ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी बिपद ब्यबस्थापन र प्रतिकार्य नागरीकसँग प्रत्यक्ष सरोकारको बिषय भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने बताएका छन् ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित नुनथर बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी हातेमालो अभ्यासको सातौ संस्करण २०८२ को समापन अवसरमा उनले यस्तो बताएका हुन् ।
“विपद व्यवस्थापन र प्रतिकार्य जस्ता बिषय नागरीकसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले प्रदेश सरकारको बजेट बाँडफाँडमा यस विषयलाई प्राथमिकतामा राख्नु जरुरी छ । उनले भने, “बर्सेनि हुने गरेको बाढी, पहिरो, भू–क्षय, आगलागी, कटान, डुवान जस्ता विपदका कारण हुने गरेको जनधन र भौतिक क्षतिलाई मध्यनजर गरि गरिएको आजको अभ्यास महत्वपुर्ण छ ।”
गृहमन्त्री लेखीले बाढी पहिरोका कारण बर्सेनी हुने मानवीय तथा भौतिक क्षतिलाई न्युनिकरण गर्न यस्ता बिपद प्रतिकार्य कार्यक्रमको महत्वपूर्ण भुमिका रहने गरेको उल्लेख गरे । उनले मौसमविद्हरुले यस बर्ष ३० बर्ष यताकै उच्च वर्षा हुने पुर्वानुमान गरिरहेको बेला सम्भावित जोखिम समेत उच्च रहेकाले नेपाली सेना बिपद् प्रतिकार्यको लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्ने बताए ।
सरकारका प्रवक्ता समेत रहेको मन्त्री लेखीले नागरिकहरुको बाढी पहिरोका कारण हुन सक्ने क्षतिको न्युनिकरणका लागि तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली सेनाले कम श्रोत साधनमा पनि राम्रो कार्य गरिरहेको भन्दै शान्ति सुरक्षामा पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए ।
यस बर्षको मनसुन भित्रिएसंगै बर्षाको कारण हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले बिपद प्रतिकार्यको हातेमालो अभ्यास गरिएको मध्य पुर्वी पृतना कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ