News Category 2082/02/20
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम

दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
जिर्ण अवस्थामा रहेको नगर क्षेत्रका विभिन्न सडकको स्तरोन्नतीको माग गर्दै सडकमा उत्रेका जनप्रतिनिधि र यूवाहरुले मंगलबार राजविराजस्थित नेता चौकमा चक्काजाम गरेका छन् । जसकारण बजार क्षेत्रमा साना तथा ठूला सवारीसाधनको आवागमन ठप्प भएको छ ।
वडाअध्यक्ष शशी चौधरी, नागरिक अगुवा खेलानन्द दाससहित दर्जनौंको संख्यामा बिहान ९ बजे भेला भएका यूवाहरुले मुख्य बजारको नेता चौकमा सडकको चारैतिर बाँसको ढाट लगाएर आवागमन अवरुद्ध पारेका हुन् ।
चौकदेखी राममन्दिरसम्मको करिब २ सय मिटर सडकलाई अलपत्र पार्नुका साथै ठेकेदारले स्थानीय रुपनी बस स्टेण्ड, माछा हटियासम्म पुग्ने सडक, राजविराज–कंचनपुर सडक लगायतको सडकको अवस्था पनि उस्तै बनाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
कान्छाराम कन्स्ट्रक्सनले उक्त सडकहरुको निर्माण कार्यको ठेक्का लिएपनि काममा ढिलाई गरिरहेको तथा सरोकारवाला निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । उक्त सडक खण्डको दर्जनौं ठाउँमा खाल्डा खुल्डी हुँदा पटक पटक दुर्घटना समेत हुने गरेको भन्दै उनीहरुले अविलम्ब निर्माण कार्य सुरु गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ