News Category 2082/02/20
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
जिर्ण अवस्थामा रहेको नगर क्षेत्रका विभिन्न सडकको स्तरोन्नतीको माग गर्दै सडकमा उत्रेका जनप्रतिनिधि र यूवाहरुले मंगलबार राजविराजस्थित नेता चौकमा चक्काजाम गरेका छन् । जसकारण बजार क्षेत्रमा साना तथा ठूला सवारीसाधनको आवागमन ठप्प भएको छ ।
वडाअध्यक्ष शशी चौधरी, नागरिक अगुवा खेलानन्द दाससहित दर्जनौंको संख्यामा बिहान ९ बजे भेला भएका यूवाहरुले मुख्य बजारको नेता चौकमा सडकको चारैतिर बाँसको ढाट लगाएर आवागमन अवरुद्ध पारेका हुन् ।
चौकदेखी राममन्दिरसम्मको करिब २ सय मिटर सडकलाई अलपत्र पार्नुका साथै ठेकेदारले स्थानीय रुपनी बस स्टेण्ड, माछा हटियासम्म पुग्ने सडक, राजविराज–कंचनपुर सडक लगायतको सडकको अवस्था पनि उस्तै बनाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
कान्छाराम कन्स्ट्रक्सनले उक्त सडकहरुको निर्माण कार्यको ठेक्का लिएपनि काममा ढिलाई गरिरहेको तथा सरोकारवाला निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । उक्त सडक खण्डको दर्जनौं ठाउँमा खाल्डा खुल्डी हुँदा पटक पटक दुर्घटना समेत हुने गरेको भन्दै उनीहरुले अविलम्ब निर्माण कार्य सुरु गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ