News Category 2082/02/22
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा विहिबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको दुई वटा वडामा वृक्षारोपण गरिएको छ ।
प्लाष्टिक प्रदुषण नियन्त्रण हाम्रो दायित्व नाराका साथ सो गाउँपालिका वडा नं. ४ स्थित रामजानकी मन्दिर नजिक जिता नदीको बाँधमा महगनी, सिसौ लगायत विभिन्न जातका सय वटा विरुवा रोपियो । गाउँपालिकाको समन्वय तथा ग्रामीणमुखि युवा अभियान नेपाल÷एईआईएन लग्जेम्बर्ग, सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल सँगको सहकार्यमा सो ठाउँमा वृक्षारोपण गरिएको हो ।
वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखियाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, ग्रामीणमुखि युवा अभियान नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, समावेशी अपाङ्ग संघका उपाध्यक्ष कपिलदेव मण्डल र ज्ञानेन्द्र कुमार झा सहितकाले विश्व वातावरण दिवसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारेका थिए ।
यस्तै वडा नं. २ लौनियाँस्थित उमेश्वर आधारभूत विद्यालयमा ३० थान आँप तथा लिच्चीको विरुवा रोपियो । सो वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष कमल कुमार मण्डल, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, कार्यक्रम अधिकृत क्षितीज भट्ट, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद खंग, आसमान नेपालका काशिन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाको समन्वय तथा सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल, ईसिमोड, मर्सि कोप्र्स, आसमान नेपालसँगको सहकार्यमा सो विद्यालयमा वृक्षारोपण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ