News Category 2082/02/22
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाईकल सवार अर्का एकजना गम्भिर घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका ६ स्थित करडवोना चौकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का मोटरसाइकल चालक १९ बर्षीय सुजित कुमार चौधरीको मृत्यु भएको हो ।
राति ९ बजेतिर पश्चिमबाट पुर्वतर्फ तिब्र गतिमा आउँदै गरेको बा.८७प.९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकालमा सवार सोही वडाका २१ बर्षीय अभिषेक चौधरी गम्भिर घाइते भएका छन् । उनको सिरहाको लहानस्थित धामनी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय करोडवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ