News Category 2082/02/23
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीमा डाकाको प्रतिकारमा उत्रिएका एक व्यक्तिलाई गोली हान्नुका साथै घरेलु हतियारसमेत प्रयोग गरेर हत्या गरिएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका ८ मल्हनमा टोलमा बिहीबार मध्यराती १ बजेतिर डकैती गर्न आएका डाका समूह बिरुद्ध प्रतिकारमा उत्रेका घरपट्टी ५६ वर्षिय कन्तलाल चौधरीको हत्या गरिएको हो ।
गोली र खुकुरी प्रहारबाट गम्भिर घाइते भएका ५६ वर्षिय चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
मध्यराती घर छेउमा भइरहेको हो–हल्ला सुनेर मृतकका काकाका छोरा ४० वर्षिय रमाकान्त चौधरी दाजुलाई जोगाउन खोज्दा डाका समूहले उनलाई पनि घरेलु हतियार प्रयोग गरेर गम्भिर घाइते बनाएका छन् । उनको हाल लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले हतियारसहित आएका ५÷६ जनाको डाका समूहले लुटपाट गर्दै गरेका बेला प्रतिकार गर्न खोज्दा कन्तलाललाई गोली र घरेलु हतियार प्रहार गरि हत्या गरिएको जनाएका छन् ।
विद्युत गएको तथा चर्को गर्मीका कारण घरका एक महिला सदस्य बाहेक परिवारका अन्य सबै सदस्य आंगनमै सुतिरहेका बेला अचानक आइपुगेका डाका समूहले हतियार देखाउँदै घरधनीसँग दराजहरुको साँचो खोसेर लुटपाट सुरु गरेको सो वडाका अध्यक्ष श्यामदेव साहले बताए ।
प्रहरीका अनुसार चौधरीको घरबाट ५ तोला सुनको गरगहना, २ किलो चाँदीका गरगहना, नगद ५५÷६० हजार र अन्य केही सरसामान लुटपाट भएको छ । घटनास्थलबाट प्रहरीले एउटा गोली खोका र तीन वटा गोली समेत बरामद गरेको छ ।
घटनाको खबर पाएपछी पुगेको प्रहरी टोलीले तालिम प्राप्त कुकुर समेतको प्रयोग गरि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ