News Category 2082/02/23
विद्यालयका छात्राहरुलाई व्याग वितरण
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सिटिजन्स बैंक राजविराज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार विद्यालयका छात्राहरुलाई व्याग वितरण गरेको छ ।
बैंकले रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भथौलका ७० जना छात्राहरुलाई व्याग वितरण गरेको हो ।
कार्यक्रममा रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले राजविराजबाट आफ्नो गाउँपालिकाको विद्यालयमा सिटिजन्स बैंकले छात्राहरुलाई सहयोग गरेको प्रति आभार प्रकट गरे ।
यस्तै वडा नं. ४ का वडाध्यक्ष छेदी इसरले सिटिजन्स बैंक राजविराजले विद्यार्थीहरुको हौसला बढाएकोमा धन्यवाद दिदै केही दिन भित्रै विद्यालयका सबै बालबालिकाहरुलाई पोशाक वितरण गरिने जानकारी दिए ।
समाजबाटै स्थापित बैंकले समाजका लागि भूमिका निर्वाह गर्नुपर्ने लक्ष्य अनुसार छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहन गर्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्राहरुलाई व्याग वितरण गरिएको बैंकका प्रबन्धक राजकुमार यादवले बताए ।
कार्यक्रममा सिटिजन्स बैंकका कर्मचारीहरु शंकर कुमार साह, आमेन्द्र यादव र प्रशान्त देवको पनि उपस्थिति थियो ।
यसैबीच आधारभूत विद्यालयका प्रधानाध्यापक शिवनाराण यादवले टिकालगाई गम्छा ओढाएर बैंकका प्रवन्धक यादव सहित सबै कर्मचारीलाई सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ