News Category 2082/02/23
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै आन्दोलनरत राजविराज नगरपालिकाका कर्मचारी शुक्रबार कामकाज ठप्प पार्दै धर्नामा बसेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा कर्मचारीहरु धर्नामा बसेका हुन् ।
कर्मचारीहरु कामकाज छाडेर धर्नामा बसेपछी नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको छ । कर्मचारीहरुले कानुन सम्मत निर्णयलाई उल्टएर मनमरी र एकलौटी ढंगले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साह तथा योजना अधिकृत मनोज कुमार यादवलाई कारवाही तथा सरुवा गर्नुपर्ने प्रमुख माग उठाएका छन् ।
यसअघि इकाई समितिले नगरपालिका प्रशासनलाई ११ बुदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको थियो । तर, उक्त ज्ञापनपत्र उपर कुनै पहल नभएको भन्दै कर्मचारीहरुले धर्नामा बस्नु परेको बताएका छन् ।
उनीहरुले १५ वर्षदेखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक कुमार दासलाई कार्यपालिकाको निर्णय बगैर एकलौटी ढगले प्रमुख प्रशासकिय अधिकृत डा.साहले करार सम्झौता भंग गरेको निर्णय फिर्ता लिनु पर्ने, गत आ.ब.२०८०÷०८१ मा वडा कार्यालयमा काम गरे वापत दैनिक ज्यालादारी कर्मचारीको बाँकी रहेको १६ दिनको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने, कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत बरिष्ठतम कर्मचारीलाई मात्र दिनु पर्ने लगायतका माग अघि सारेका छन् ।
कर्मचारीहरुद्वारा घोषित आन्दोलन कार्यक्रम अनुसार जेठ २५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी तथा जेठ २८ गतेदेखी असार १ गते सम्म अतिआवश्यक सेवा बाहेक सबै कामकाज बन्द गरी धर्नामा वस्ने कार्यक्रम रहेको छ । त्यसपछी पनि माग सम्बोधन नभए दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ