News Category 2082/02/24
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
राजविराज÷मधेस प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले संघियता आएकै कारण राज्यको हरेक निकायमा हजारौं हजारको संख्यामा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका बताएका छन् ।
सप्तरीको कञ्चनरुपमा मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डले शनिबार आयोजना गरेको छायांकन तथा सम्पादन सम्बन्धि पाँच दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यका हरेक निकायमा दलित, मुस्लिम, महिला आदिवासी लगायत सबैको प्रतिनिधित्व हुनु संघीयताको ठुलो उपलब्धि रहेको बताउँदै तर पनि सबै बर्ग समुदायले पुर्णरूपमा अधिकार पाईनसकेकोले संघर्ष अझै जारि नै रहेको उल्लेख गरे ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०÷१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहनुले संघीयताको उपलब्धी नै भएको बताए ।
उनले यस्ता तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सक्ने भएकाले तालिममा सक्रिय सहभागीता हुनु जरुरी रहेको बताए ।
सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला, संस्कृति, भेषभुसाको संरक्षण सम्बद्र्धन हुन आवश्यक रहेकोे बताउँदै गृहमन्त्री लेखीको हरेक काम समाजका लागि अनुकरणीय रहेको बताए । उनले मन्त्री लेखीको काम गर्ने तरिका र गरेको विकास देखेर सबै दङ्ग परेको उल्लेख समेत गरे ।
प्रवद्र्धन बोर्डका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखीले तालिमको अध्यक्षता गर्दै चलचित्र र लोकसञ्चारको क्षेत्रको उत्थान र बिकाक धेरै काम गर्न बाकी रहेकोेले सबैको साथ र सहयोगको जरुरी रहेको बताए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उपप्रमुख मुना पोखरेल, वडा नं. ३ अध्यक्ष गुल्टेन चौधरी, वडा नं.४ का अध्यक्ष जोगेन्द्र पासमान, वडा नं. ६ का अध्यक्ष बच्चुलाल चौधरी, वडा नं. ७ का अध्यक्ष समानन्द चौधरी, वडा नं. ८ का अध्यक्ष कृष्णा प्रसाद साह र वडा नं. ११ का अध्यक्ष ललित कुमार गोजेवार समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ