News Category 2082/02/26
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटि सप्तरीले आफ्ना पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध लिन र नेपाली जनतामा उनको स्वच्छ छविमा दाग लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अगाडी सारेको आरोप लगाएको छ ।
जिल्ला कमिटि सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी र केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोबिन्द बहादुर न्यौपानेद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो ।
विज्ञप्तिमा नेकपा एसका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपर प्रतिशोध साध्ने किसिमले वर्तमान सरकार र सरकारको नेतृत्व गरी राखेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत शुरु गरेको षडयन्त्रप्रति घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।
“पछिल्लो काल खण्डमा नेकपा एमालेका नेतृत्वमा पुग्नु भएका पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के. पी. (खड्ग प्रसाद) शर्मा ओलीको व्यक्तिगत महत्वाकांक्षी योजना र उनको तानाशाही कदमको विरोधका कारणले नेकपा एमालेबाट अलग भई नेकपा एसको जन्म गराई नेपाल निरन्तर पार्टीलाई बलियो बनाउन क्रियाशील रहेकोमा सोही विषयको प्रतिशोध लिन प्रधानमन्त्रीले अख्तियारलाई अगाडी सारिएको घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा सप्तरीवासी र समस्त देशवासीलाई ओली सरकारको कपटपूर्ण र प्रतिशोधी कार्यले भ्रममा नपर्न र अडिग भई वामपंथको अभियानमा अगाडी बढ्न सप्तरी जिल्ला कमिटिद्वारा सबैमा आहृवान गर्ने निर्णय पनि गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ