News Category 2082/02/29
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
_6f9.jpeg)
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
यहाँ एक युवतीले गर्भ फाल्न नमानेपछी उनका प्रेमि का आमा वुवाले विषादी खुवाएर भ्रण हत्या गरेका छन ।
बुधवार सप्तरीको हनुमाननगर कंकालिननी नगरपालिका २ की २० वर्षिया सनिसा कुमारी खङ्गलाई सोही वडा निवासी उनका प्रेमि का बुवा परमेश्वर खङ्ग र आमा झुलपुृmल देवीले कुटपीट गर्दै जबरजस्ती विषादी खुवाएर उनको भ्रुण हत्या गरेका हुन ।
उनको पेटमा सोही वडा निवासी २३ वर्षिय प्रेमी शिवजी खङ्गको चार महिनाको गर्भ रहेको सनिसाका परिवारजनको भनाई छ । यसरी जबरजस्ती छोरीलाई विषादी खुवाएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरी अवस्था समेत चिन्ताजनक रहेको आमा सतनी देवी सुनाईन ।
“विहान ४ बजेतीर निदाईरहेका वेला अचानक आईपुगेका प्रेमी शिवजीका आमा वुवाले हात, खुट्टा, घाँटी समाति लछार पछार गर्दै जबरजस्ती ४÷५ वटा ट्याब्लेट मुखमा कोचे, स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा वेड नं.२६ मा उपचार गराइरहेकी सनिसाले भनिन( त्यस पछी म बेहोस भए ।”
प्रहरीको सहयोगमा अस्पताल आइपुगेकी सनिसाको स्वास्थय परिक्षण गर्दा गर्भमा रहेको बच्चा तुहिएको पाइएको र विषादीको प्रभावले त्यस्तो हुन गएको चिकित्सकहरुले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले उक्त अपराधका आरोपी परमेश्वर खंग र झुलफुल देवीलाई बुधवार नै पक्राउ गरीएको जानकारी दिए । उनले पक्राउ परेका खंग दम्पतीमाथी कुटपीट तथा भु्रण हत्या सम्बन्धि मुद्दा चलाइने जनाएका छन ।
यसअघि विवाहको प्रलोभन देखाई आफुसंग पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा निवेदन समेत दिएकी थिइन ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज उनी धाउँदै गरेकी थिइन ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी सनिसा कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेकी थिईन ।
प्रहरीमा उजरी परेपछी स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको थियो । २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले सनिसाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको सनिसाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरे पछि आफु प्रहरी शरणमा पुग्दा पहरी कै सहयोगमा शिवजीको घरमा वसीरहेका बेला यस्तो घटना भएको उनको भनाई छ । समाजमा यस्तो प्रवृति मौलाउदै गएकोमा स्थानीयले चिन्ता ब्यक्त गर्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुनु पर्नेमा जोड दिएका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ