News Category 2082/02/29
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान ८ सिरहाका बचतकर्ताहरूले दोषीलाई कारवाहीको माँग गर्दै बिहीबार प्रदर्शन गरेको छ ।
उच्च अदालत जनकपुर–राजविराज ईजलास अगाडी सिरहा र सप्तरीका दर्जनौं पीडितहरूले दोषीलाई कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन ।
एभरेष्ट सहकारी संस्थाका अध्यक्ष रामप्रित यादबले २ हजार ४ सय ग्राहकको जनसुधार कार्यक्रम मार्फत ७ करोड भन्दा रकम ठगी गरेको पीडितहरूको आरोप छ । “चार कठ्ठा १ धुर जग्गा राजिनामा गरेर २ लाख लिए” सिरहा नवराजपुर गाउपालिका १ करमनियाँका रामकुमार यादबले भने, जग्गा फिर्ता गर्न जादा अध्यक्ष रामप्रित यादबले सहकारीको नियमअनुसार रकम बुझाउन ३ रूपैया सयकडा दरले २१ लाख माग गरे ।”
अर्का पीडित सिरहा पिपराका सरिता चौधरीले भने, “संस्थामा प्रत्येक महिना ५ हजार राख्दै आएको थियो र संस्थामा पैसा माग्न जादाँ आलटाल ग¥यो ।” उनले भनिन्, म जस्तै सयौ महिलाहरूलाई जीवन सुधार कार्यक्रम मार्फत लाखौ रूपैया संस्थाले ठगी गरेको छ ।”
एक बर्ष अघि देखी नै प्रहरीले अध्यक्ष रामप्रितलाई पक्राउ गरि सहकारी सम्बन्धी ठगी मुद्वा चलाएको छ । सोही सिलसिलामा बिहीबार थुनछेक बहसका लागि उनलाई उच्च अदालत ल्याईएपछी कारवाहीको माग गर्दै पीडितहरूले अदालत घेराउ गर्दै प्रदर्शन गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ