News Category 2082/02/30
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
नेपाली काँग्रेस सप्तरीले राजविराज नगरपालिकाको कार्यालयमा पछिल्लो एक सातादेखी भइरहेको विभिन्न घटनाक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका सचिव सनत कुमार मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा जेठ २७ गते नगरपालिका कार्यालयका कर्मचारीहरुमाथी भएको कुटपिट र कार्यालयमा भएको तोडफोडका घटना अत्यन्त खेदपूर्ण रहेको ठहर गर्दै दोषिमाथी कारवाहीको माग गरिएको छ ।
विज्ञप्तिमा विवाद समाधानका लागि आवश्यक पहल, कुटपिटमा परेका कर्मचारीहरुलाई न्याय तथा नगरपालिकामा भएको तोडफोड घटनाको छानबिन गरि दोषिमाथी कानुनी कारवाहीका लागि स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।
नगरपालिकाका कर्मचारीहरु पेन डाउन गरेर अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कामकाज ठप्प पारेको जनाउँदै विज्ञप्तिमा आर्थिक वर्षको अन्तिम क्षणमा नगरपालिकामा भएको यस्ता घटनाले नगरको विभिन्न विकासीय योजनाहरु, जनताको कामकाज लगायत अन्य सेवाहरु प्रभावित बन्न पुगेको उल्लेख छ ।
“कुनै पनि विवादको समाधान वार्ता माध्यमबाट हुने बाटो रहँदा रहँदै पनि यस्तो खाले घटना हुनु अत्यन्त दुःखदायी हो ।” विज्ञप्तिमा भनिएको छ, “नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिका विगतको केही दिनदेखी पटक पटक विवादस्पद बन्दै गएको जगजाहेर नै छ । कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच पटक पटक यस्ता विवाद हुनुले सप्तरी जिल्लाको सदरमुकाम समेत रहेको राजविराजको साख पनि दाउमा परेको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ