News Category 2082/02/30
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरीमा कन्टेनरले किच्दा शुक्रबार बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. १२ अर्नाहा चोकमा हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै गरेको ना.३ख. ४५३१ नम्बरको कन्टेनरले स.६प. २२१ नम्बरको मोटरसाइकल चालकलाई किचेको हो ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले दुर्घटनास्थलमा मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुल्न नसकेको जनाएका छन् ।
ठक्करबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने कन्टेनरमुनि रहेको शव निकालिएको छ । कन्टेनर पनि चल्ने अवस्थामा नरहेकोले कन्टेनर उठाउन क्रेन ल्याउने समन्वयन भइरहेको एसपी खतिवडाले बताए ।
कन्टेनर चालक काभ्रेको पाँचखाल नगरपालिका ६ का ५६ वर्षीय गोपालनाथ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ