News Category 2082/12/20
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
राजविराजस्थित इम्प्याक्ट नेपाल ठाकोदेवी जोगेन्द्र भगत कान उपचार केन्द्रको नवनिर्मित भवनको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं जग्गादाता जोगेन्द्र भगतले नवनिर्मित भवनको रिवन काटेर उद्घाटन गरेका हुन् ।
इम्प्याकट नेपालका अध्यक्ष रमेशकान्त अधिकारीको अध्यक्षतामा आयोजित समारोहमा इम्प्याक्ट नेपालका सम्वद्र्धक अध्यक्ष प्राडा. राकेश प्रसाद श्रीवास्तव, उपाध्यक्ष लक्ष्मीराज पाठक, कार्यकारी अध्यक्ष रमाकान्त पौडेल, राजविराज वडा नं. ९ का वडाअध्यक्ष जवाहर यादव लगायतले जिल्लाबाट कानको उपचारका लागि अन्य ठाउँ जानु पर्ने स्थिति हटेको जनाउँदै नवनिर्मित भवनबाट अब कानको शल्यक्रिया समेत संचालन हुने कुरा जिल्लावासीका लागि खुशीको खबर भएको बताए ।
सो अवसरमा जग्गादाता जोगेन्द्र भगत र उनकी श्रीमती ठाकोदेवीलाई अध्यक्ष अधिकारीले दोसल्ला ओढाई तथा सम्वद्र्धक अध्यक्ष श्रीवास्तवले प्रमाणपत्र प्रदान गरेर सम्मान गरे । सो अवसरमा जग्गादाता भगतले आफुले प्रदान गरेको जग्गामा निर्माण भएको भवनबाट हजारौं कानका बिरामीले सरल रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा इम्प्याक्ट नेपालका महासचिव प्रा.डा. बिमल कुमार सिन्हाले बि.स. २०५० सालमा अपाङ्गता रोकथाम गर्ने उद्देश्यले स्थापना भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रले अहिले नेपालको ३२ जिल्लामा सेवा दिइरहेको जानकारी दिए । कान उपचार केन्द्र सप्तरीमा बि.स. २०६७ सालमा स्थापना भइ हाल आफ्नै भवनबाट सेवा दिइरहेको उल्लेख गरे ।
बाल स्वास्थ्य, पोषण, जनचेतना, सरसफाई, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आइरहेको इम्प्याक्ट नेपालले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वर्थिङ सेन्टर स्थापना गरेर ग्रामिण भेगका जनतालाई सेवा दिइरहेको जनाए ।
नेपालमा १८ प्रतिशत जनता अहिले कानको रोगबाट ग्रसित रहेको जानकारी दिँदै महासचिव सिन्हाले मुलुक बाहिर १३ वटा देशमा इम्प्याक्ट नेपालले सेवा दिइरहेको बताए ।
कान उपचार केन्द्र राजविराजका प्रमुख नरेश यादवले भवन उद्घाटन भएसँगै अब केही दिनमै यसै केन्द्रबाट कानका बिरामीको शल्यक्रिया समेत सुचारु हुने जानकारी दिँदै जिल्लावासी अब उपरान्त कानको शल्यक्रियाका लागि अन्य ठाउँ जानु नपर्ने उल्लेख गरे । यस केन्द्रमा सप्तरीवासी मात्र नभई छिमेकी जिल्ला गाइघाट, सुनसरी, छिमेकी मुलुक भारतको बिहार राज्यका जनताहरु पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ