News Category 2082/12/23

तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति

दैनिक समाचारदाता

तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    सप्तरीको छुट्टाछुट्टै तीन स्थानमा आइतबार राती भएको आगलागीमा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ४ स्थित रामदेव चौधरीको टिनको छानो भएको गाई गोठमा आगलागी भई गोठसहित सो भित्र रहेको काठपातहरु जलेर नष्ट हुँदा ३ लाख ५० हजार मुल्य बरारबरको क्षती भएको प्रहरीले जनाएको छ ।
    यस्तै महदेवा गाउँपालिका वडा नं. ४ मनियार प्रसाही टोल बस्ने ४० बर्षीय बैजनाथ सदाको फुसको गोठ घरमा बालेको घुरबाट अचानक आगलागी भएर १ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति भएको छ । गोठ घरमा रहेको काठपात, चामल, गहुँ, भैंसी पाडी समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
    त्यस्तै डाक्नेश्वरी नगरपालिका वडा नं. ८ बिसहरिया टोल स्थित ७१ बर्षीय भागवत साहको गोठ घरमा घुरबाट आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीमा गोठ घर सहित चामल, खसि, बाख्रा, मोटर लगायतका सामानहरु जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार तीनै स्थानमा भएको आगलागिमा कुल ६ लाख ७३ हजार ५ सय रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले जनाए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट