News Category 2083/02/19

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन

दैनिक समाचारदाता

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 

    पारिश्रमिक वृद्धिको माग गर्दै अखिल नेपाल ढुवानी मजदुर संघ सप्तरीले प्रदर्शन गरेको छ । 
    संघ आबद्ध मजदुरहरुले मंगलबार राजविराजमा विरोध प्रदर्शन गरेको हो ।
    ‘हाम्रो पारिश्रमिक वृद्धि गर, सम्पुर्ण मजदुर एकता जिन्दावाद, मजदुर मार्न पाइदैन’ लगायतका नारा लगाउँदै उनीहरुले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए । 
    देशमा महंगीले ढाड सेकेको बेला सबैक्षेत्रमा सरकारले कर वृद्धि गरेपनि मजदुरको पारिश्रमिक वृद्धि नगरेको उनीहरुको आरोप छ । 
    बर्तमान सरकार किसान, मजदुर, सुकुम्बासी तथा गरिव विपन्न विरोधी भएको आरोप लगाउँदै उनीहरूले सरकारको विभेदकारी नीतिले सार्है मारमा परेको गुनासो गरे ।
    गरिव, सुकुम्बासीमाथिको दमन कायम राखिए चुप लागेर नबस्ने बताउँदै उनीहरुले दुई तिहाइको दम्भको दुरुपयोग गरिए प्रतिकार गर्ने चेतावनी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट