News Category 2083/02/13
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित बनरझुलाकी अनिता देवी रायको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको हत्या आरोपमा छिमेकी ३० वर्षिय बब्लु राय पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनिताका पति विरेन्द्रको जाहेरीको आधारमा छिमेकी बब्लुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रबक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका रायमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरि पक्राउ परेको मितिबाट लागू हुने गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
घटना विवरण अनुसार अनिता बैशाख २३ गतेदेखी हराइरहेको थिइन् । उनको शव एक सातापछी सोही स्थानको ९ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको थियो ।
अनिताको शव अर्धनग्न तथा सडेगलेको अवस्थामा फेला परेको थियो । उनले लगाएको साडीले हात खुट्टा बाँधिएको, निजका पतिले प्रयोग गर्ने भेष्टमा गह्रौं ढुङ्गा हालेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेकाले हत्या गरी शव लुकाउने प्रयास भएको प्रहरीले आशंका गरेको थियो ।
अनिताका श्रीमान् बिरेन्द्र विगत दुई बर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा थिए । घटनाको खबर पाएपछी उनी नेपाल फर्किएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ