News Category 2083/02/19
लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
नगरवासीकोतर्फ गठित जनआन्दोलन परिचालन समितिको अगुवाईमा लालपूर्जा माग्दै राजविराज नगरवासीले मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको अगुवाईमा नगरमा प्रदर्शन पश्चात् पुगेको टोलीले दिँउसो ४ बजेदेखी ५ बजेसम्म एक घण्टा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
घेराउ कार्यक्रमपछी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र समेत बुझाइएको छ । प्रधानमन्त्री, मन्त्री परिषद्को कार्यालय तथा सरोकारवाला अन्य मन्त्रालय तथा निकायलाई बोदार्थपत्र दिइएको उक्त ज्ञापनपत्रमा आफूहरुको जायज माग अविलम्ब सम्बोधन नगरिए आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गर्ने र यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धीत कार्यालय नै हुने भनी चेतावनी समेत दिइएको छ ।
यसअघि लालपूर्जाको माग गर्दै विगत १० दिनदेखी राजविराज नगरपालिका कार्यालमा धर्नामा बस्दै आएका उनीहरुले सोमबार उक्त कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए । तालाबन्दी दोश्रो दिन मंगलबार पनि जारि छ ।
राजविराजको मुख्यबाजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन नसकेको तथा समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखीपाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि रोकिदा नगरवासी समस्यामा परेका छन् ।
बि.स. २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँब्लकमा रहेको भनि नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको छ । यस्तै २०१६ सालदेखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरिसकेको भएपनि हालसम्म नगरवासी लालपूर्जा पाउनबाट बञ्चित छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ