News Category 2073/06/01
खुल्ला दिसा पिसावकै कारण जमुनीमा झाडापखालाको प्रकोप
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सप्तरीको जमुनी मधेपुरा गाविस २ को जमुनी टोलमा खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले झाडापखालाको प्रकोप फैलिएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जनस्वास्थ्य कार्यालयकाmे सहयोग तथा सबल नेपाल राजविराजद्वारा झाडापखालाको प्रकोप फैलिएको जमुनी मधेपुरा गाविसको २ नम्वर वडामा झाडाखाला सम्बन्धि सचेतनामुलक कार्यक्रममा सरोकारबालाहरुले सो कुरा बताएका हुन ।
खाना र पैखाना खुल्ला भएको कारणले यस्तो माहामारी फैलिएको बताउँदै कार्यक्रममा सहभागिहरुले फोहोर, दुर्गन्ध र सफा पानी प्रयोग नभएको कारणले जमुनीमा सो प्रकोप फैलिएकोले अब सरसफाईमा सबै जनाले ध्यान दिनुपर्नेमा जोड दिए ।
स्थानीय शंकर मण्डलको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सो सचेतनामुलक कार्यक्रममा युनिसेफकी जिल्ला संयोजक सुनिता सुल्फे, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, संचारकर्मी नविन कुमार गुप्ता, शुभ नाारयण यादव, अरुण कुमार यादव, सबल नेपालका परमेशवर झा लगायतकाहरुले सरसफाईमा ध्यान नदिएकै कारण जमुनीमा झाडापखाला जस्तो प्रकोप फैलिएकोले अब एक घर एक चर्पी निर्माण गरी सरसफाईमा पुर्ण रुपमा ध्यान दिन आग्रह गर्नुभयो ।
विगत एक सातादेखि जमुनी मधेपुरा गाविसको वडा न. २ मा फैलिएको झाडापखालाको प्रकोपका कारणले त्यहाँका करिब ३० परिवारका ६० जना भन्दा बढी प्रभावित भएका छन् ।
झाडापखालाका कारणले त्यहाँका बालबालिकादेखि बृद्धबृद्धासम्म प्रभावित बनेको तथा त्यहाँका झाडापखाला पीडितहरुलाई स्थानीय क्लिनिकमा औषधि उपचार भईरहेको छ, भने केहीको गाउँमै उपचार भईरहेको छ ।
बिरामी परेकाहरु मध्ये शुक्रबार स्थानीय १७ वर्षिया संगिता कुमारी यादवको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको लागि पठाईएको परिवारजनले बताएका छन ।
हालसम्म झाडापखाला प्रकोपको कारणले त्यहाँका ६० जना पीडित बनेको स्थानीय स्वास्थ्यकर्मी जय कृष्ण यादवले जानकारी दिनुभयो । हाल झाडापखालाको प्रकोप नियन्त्रणमा आएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ