News Category 2073/06/01
खुल्ला दिसा पिसावकै कारण जमुनीमा झाडापखालाको प्रकोप
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सप्तरीको जमुनी मधेपुरा गाविस २ को जमुनी टोलमा खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले झाडापखालाको प्रकोप फैलिएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जनस्वास्थ्य कार्यालयकाmे सहयोग तथा सबल नेपाल राजविराजद्वारा झाडापखालाको प्रकोप फैलिएको जमुनी मधेपुरा गाविसको २ नम्वर वडामा झाडाखाला सम्बन्धि सचेतनामुलक कार्यक्रममा सरोकारबालाहरुले सो कुरा बताएका हुन ।
खाना र पैखाना खुल्ला भएको कारणले यस्तो माहामारी फैलिएको बताउँदै कार्यक्रममा सहभागिहरुले फोहोर, दुर्गन्ध र सफा पानी प्रयोग नभएको कारणले जमुनीमा सो प्रकोप फैलिएकोले अब सरसफाईमा सबै जनाले ध्यान दिनुपर्नेमा जोड दिए ।
स्थानीय शंकर मण्डलको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सो सचेतनामुलक कार्यक्रममा युनिसेफकी जिल्ला संयोजक सुनिता सुल्फे, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, संचारकर्मी नविन कुमार गुप्ता, शुभ नाारयण यादव, अरुण कुमार यादव, सबल नेपालका परमेशवर झा लगायतकाहरुले सरसफाईमा ध्यान नदिएकै कारण जमुनीमा झाडापखाला जस्तो प्रकोप फैलिएकोले अब एक घर एक चर्पी निर्माण गरी सरसफाईमा पुर्ण रुपमा ध्यान दिन आग्रह गर्नुभयो ।
विगत एक सातादेखि जमुनी मधेपुरा गाविसको वडा न. २ मा फैलिएको झाडापखालाको प्रकोपका कारणले त्यहाँका करिब ३० परिवारका ६० जना भन्दा बढी प्रभावित भएका छन् ।
झाडापखालाका कारणले त्यहाँका बालबालिकादेखि बृद्धबृद्धासम्म प्रभावित बनेको तथा त्यहाँका झाडापखाला पीडितहरुलाई स्थानीय क्लिनिकमा औषधि उपचार भईरहेको छ, भने केहीको गाउँमै उपचार भईरहेको छ ।
बिरामी परेकाहरु मध्ये शुक्रबार स्थानीय १७ वर्षिया संगिता कुमारी यादवको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको लागि पठाईएको परिवारजनले बताएका छन ।
हालसम्म झाडापखाला प्रकोपको कारणले त्यहाँका ६० जना पीडित बनेको स्थानीय स्वास्थ्यकर्मी जय कृष्ण यादवले जानकारी दिनुभयो । हाल झाडापखालाको प्रकोप नियन्त्रणमा आएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ