News Category 2073/07/06
राष्ट्रपति भण्डारी आज छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्न आउँदै
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
राष्ट्रपति विद्या देवी भण्डारी शनिबार मुलुककै प्रसिद्व शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरमा दर्शन तथा पुजाआजाको लागि आउदै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी मन्दिरको दर्शन गर्न आउने निश्चित् भएपछि यहाँको सुरक्षाका व्यवस्था अत्यन्त कडा पारिएको छ । जिल्लाको सुरक्षा व्यवस्था तीन दिनदेखी उच्च कडा पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी प्रहरीले शनिबार बिहानैदेखि राजविराज छिन्नमस्ता सडक खण्डमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पार्ने जनाएको छ । राष्ट्रपति भण्डारीको सुरक्षाका लागि सदरमुकाम राजविराजदेखि छिन्नमस्ता सखडासम्मको करिब ११ किलोमिटरको सडक खण्डमा आवश्यक्ता अनुसारको उच्च सुरक्षा व्यवस्था पारिनुका साथै चेक पोष्टहरु समेत स्थापना गरेको छ ।
यस्तै राष्ट्रपति भण्डारीको समाचार संकलनका लागि संचारकर्मीहरुका लागि स्थानीय प्रशासनले सहज तरीकाले व्यवस्था गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले दिनुभएको जानकारी अनुसार संचारकर्मीहरुले सम्बन्धित मिडियाको परिचयपत्र सबैले देख्नेगरि झुण्ड्याउनु पर्ने, मन्दिर प्रवेश गरिसकेपछि सम्पूर्ण संचारकर्मीहरु एकैसाथ रहनुपर्ने तथा राष्ट्रपति पुजा गर्न जाँदा वा गरिरहेको बेला २०÷२५ मिटरको दुरीमा तस्बिर खिच्न पाउने छन् ।
यसैबीच राष्ट्रपति भण्डारीको स्वागतमा छिन्नमस्ता शक्तिपिठको रंगरोहनदेखि लिएर पुर्ण सरसफाई गरिएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ