News Category 2075/05/13
युवतीको सामूहिक बलात्कार गर्ने ६ मध्ये पाँच पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
सोमबार रक्षाबन्धनकै दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा मंगलबार उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
रक्षाबन्धनको मेलापछि घर फर्किने क्रममा सोमबार राति शम्भुनाथ नगरपालिका ६ अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय यूवतीको ६ जनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीय १६ वर्षीय युवकसँगै रक्षा बन्धनको अवसरमा लागेको मेला हेर्न साइकलमा घर फर्किने क्रममा सो यूवतीलाई ६ जना युवाले सामूहिक बलात्कार गरेको यूवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
यूवतीको बयानको आधारमा ६ जनामध्ये पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको हो ।
यूवतीसँगै रहेका युवकलाई नियन्त्रणमा लिइ कुटपिट गर्दै मोबाइल र साइकल खोसी आरोपी युवकहरुले धानखेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाउँदै कुटपिटबाट घाइते भएका युवकले अबेर राती इलाका प्रहरी कार्यालय कल्याणपुरमा खबर गरेपछि खोजीमा निस्केको प्रहरीले साइकल धानखेतमा फेला पारेको तर यूवतीलाई फेला पार्न सकेको थिएन ।
सोमबार बिहान पीडित यूवती आफैंले फोन गरी कठौना खरचुहिया सडक खण्डमा रहेको जानकरी दिएपछि जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टको नेतृत्वको टोली नै परिचालित भएको थियो ।
पक्राउ गरिएका पाँचैजनालाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट मंगलबार म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाउँदै घटनामा संलग्नमध्ये फरार रहेका एकजनाको खोजी भइरहेको बताएको छ । यसअघि फागुन महिनामा मात्र सप्तरी जिल्लामा १८ वटा बलात्कारका घटना भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ