News Category 2075/12/25
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
सेवा निवृत हुन दुई दिन मात्र बाँकी रहँदा राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल सोमबार बिहान घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका हुन् ।
यता पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्तियारको टोलीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ