News Category 2076/01/14
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क
.jpg)
राजविराज÷सिन्डीकेट प्रणालीको खारेजीको माँग गर्दै पाठ्यपुस्तक विक्रि बितरण गरिरहेको भन्दै दुई दिनदेखी पुस्तक पसलमा तालाबन्दी गरि आन्दोलनमा उत्रेका विद्यार्थीहरुले शनिबार दुई बँुदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् ।
पुस्तक व्यवसायी र विद्यार्थी संगठनबीच भएको सहमतिमा सिन्डीकेट प्रणाली तोडिएको छ भने पुस्तकमा दिइने छुट सम्बन्धमा पुस्तक व्यवसायीले अंकित मुल्यमा मिल्न सक्ने छुट दिने भनेको छ भने शनिबारै विद्यार्थी संगठनहरुले जारि गरेको विज्ञप्तिमा १० प्रतिशत छुट दिने सहमति भएको जनाएको छ ।
स्थानिय जिल्ला समन्वय समितिको सभाकक्षमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको उपस्थितिमा पुस्तक व्यवसायी तथा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिबीच चलेको ६ घण्टा लामो छलफल र वार्ता सहमतिमा पुगेपछि आन्दोलन स्थगित गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकले जानकारी दिएका छन् ।
वार्तामा सिन्डीकेट प्रणाली खारेज गर्दै बजारमा रहेका अन्य पुस्तक पसलहरुबाट सहज रुपमा पुस्तक पाइने र कक्षा नर्सरीदेखी १० सम्मको पाठ्यपुस्तकमा १० प्रतिशत छुट दिने सहमति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
सहमति लगत्तै विद्यार्थीहरुले गत बिहीबार स्थानिय गजेन्द्र चौकस्थित पुस्तक महल नामक पसलमा लगाएको ताला खोल्नुका साथै आन्दोलनका अन्य कार्यक्रम स्थगित गरेका छन् ।
स्थानिय केही पुस्तक व्यवसायीहरु मिलेर शैक्षिक सत्र सुरु भए लगत्तै गत १ बैशाखदेखी पुस्तक महल नामक अस्थायी पसल संचालन गरेर निजी विद्यालयका पुस्तकहरु एकलौटी ढंगले बिक्रि बितरण गर्दै आइरहेका थिए ।
बजारमा रहेका अन्य पुस्तक पसलबाट पाठ्यपुस्तक विक्रि बितरण गर्न नपाइने तथा यस पसलबाट बिक्रि हुने पाठ्पुस्तकमा एक रुँपैया पनि छुट नदिने पुस्तक व्यवसायीको कठोर निर्णका कारण विद्यार्थी र अभिभावक मारमा परेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेवि संघ, विद्यार्थी फोरम र राष्ट्रिय विद्यार्थी संघले चर्को बिरोध गर्दै तालाबन्दी र प्रदर्शनमा उत्रेका थिए ।
नेवि संघद्वारा कारवाही
राजविराज÷संगठनलाई नै बदनाम गर्ने गरि सामाजिक संजालमा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै नेपाल विद्यार्थी संघ सप्तरीले आफ्ना एक कार्यकर्तालाई कारवाही गरेको छ ।
संयुक्त विद्यार्थी संगठन सप्तरीद्वारा राजविराजस्थित एक पुस्तक पसलमा तालाबन्दी गरेको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बेला नेवि संघ सप्तरीका सामान्य कार्यकर्ता राकेश ठाकुरले सामाजिक संजाल मार्फत विद्यार्थी संगठनहरुलाई बदनाम गर्ने टिकाटिप्पणी गरेको भन्दै उनलाई साधारण सदस्य समेतबाट निष्काशन गरेको नेवी संघका अध्यक्ष धनानन्द यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ