News Category 2076/01/15
चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट
.jpg)
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
वर्षासंगै परेको चट्याँग लागेर आइतबार बिहान सप्तरीमा एक जना बृद्धको ज्यान गएको छ ।
विहान ९ बजे तीर घर नजिकैको खेतमा काम गरीरहेका सप्तरीको बोदेवसाईन नगरपालिका–८ निवासी ६० वर्षिय मोहन साहको चट्याँग लागेर ज्यान गएको हो ।
यता भारी वर्षाले जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको सडकमा १ फिटसम्म पानी जमेको छ । विहान वर्षा संगै चलेको हावाहुरीले ठुलो जनधनको क्षती नभएपनि जनजीवन अस्तव्यस्त बनाएको छ ।
यस्तै बर्षा संगै परेको चट्याङबाट सप्तरीको लोहजारामा आगलागी हुदा दुई वटा घरमा क्षति पुगेको छ ।
तिरहुत गाउँपालिका वडा नं. ५ स्थित लोहजारा निवासी देवनारायण यादव र शुभनारायण यादवको एक÷एक वटा गाईगोठ र गोहाली घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
सो चट्याङबाट आगलागी हुदा खाद्यान्न, लताकपडा नगद जिन्सीलगायत करिब दुई लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियबासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको बारुण यन्त्रले निभाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ