News Category 2076/01/15
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज भवनको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधनका क्रममा उनले शिक्षा र स्वास्थ्यको विकाश विना मुलुकको विकास असम्भव रहेको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन सके विकाशले आफै गति लिने बताए ।
चिन, मलेशिया, जापान लगायतका देश शिक्षा र स्वास्थ्यको स्तरमा सुधार ल्याएकै कारण विकासको पथमा अघि बढेको उदाहरण प्रस्तुत गर्दै सबै मिलेर शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु पर्नेमा उनले जोड समेत दिए ।
एक अर्को प्रसंगमा उनले गणतन्त्रका प्रनेता स्व. रामराजा प्रसाद सिंह र मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह दुवै सम्मानित र ऐतिहासिक व्यक्तित्व भएको चर्चा गर्दै आफ्ले दुवैलाई समान नजरले हेर्ने गरेको बताए ।
मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको सम्मानमा सगरमाथा अञ्चल अस्पतालको नाम फेरिएर गजेन्द्र नारायण सिंह अस्पताल कायम गरिएको तथा निकट भविष्यमै राजविराजमा स्थापना हुन लागेको मेडिकल कलेजको नाम रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने निर्णय भएको जानकारी उनले दिए ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पताललाई पाँच सय शैय्याको अस्पतालमा परिणत गर्ने योजनाका साथ गृहकार्य भइरहेको बताउँदै फोरम नेपालका अध्यक्ष समेत रहेको उपप्रम यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रारम्भिक तयारी अघि बढिसकेको जानकारी दिए ।
प्रतिष्ठानका लागि प्रस्तावित जग्गामा डिपिआरको काम अघि बढिसकेकोले केही दिनमै पूर्वाधार विकास समिति गठन र त्यसको लगतै प्रतिष्ठानको कार्यालय स्थापना भई अन्य काम तिब्र रुपमा अघि बढने उनको भनाई छ ।
यस्तै मन्त्री यादवको संसदीय विकास कोषबाट गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा निर्माण हुन लागेको नर्सिंङ्ग कलेज भवन एक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्यका साथ काम सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालको विकास र सुधारका लागि योगदान पु¥याउने राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश सिंह, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव र महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादवलाई उपप्रधानमन्त्री यादवले कदर पत्रबाट सम्मान समेत गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मनिष कुमार सुमन, नेत्रविक्रम साह, नेकपाका महेश यादव, राजपाका अमरनाथ मण्डल लगायतले उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ