News Category 2076/01/17
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप विपन्न छात्रालाई साइकल बितरण
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सप्तरीको महदेवा गाउँपालिकाका ५० जना विपन्न छात्रालाई साईकल वितरण गरिएको छ ।
अति विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न हाम्रो सामाज नेपाल नामक संस्थाले सोमबार विपन्न समुदायका छात्राहरुलाई साईकल वितरण गरेको हो ।
लण्डनस्थित नेपाल भिलेज फाउन्डेशन नामक संस्थाको सहयोग जुटाई उक्त साईकल खरिद गरिएको हाम्रो सामाज नेपालका अध्यक्ष राम नारायण शर्माले जानकारी दिए ।
महदेवास्थित संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोह विच छात्राहरुलाई नियमित विद्यालय जाने शर्त गराएर संस्थाका संस्थापक अध्यक्ष कृत नारायण शर्मा सह संस्थापक बैद्यनाथ यादव लगायतले साईकल वितरण गरेका थिए ।
साईकल वितरण पछि महादेवा गाउँपालिकादेखि सदरमुकाम राजविराजसम्म साईकल ¥याली समेत निकालिएको थियो । ¥यालीका सहभागीहरुले सो क्रममा छोराछोरीमा भेदभाव नगरौं, छोरीलाई पनि विद्यालय पठाऔं, दाईजो प्रथा बन्द गरौं, बालविवाहलाई निरुत्साहित गरौं लगायतका नाराबाजी समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ