News Category 2076/01/17
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सप्तकोसी नगरपालिकाका उपप्रमुखको नेतृत्वमा निर्वाचित प्रतिनिधिहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् ।
उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् ।
जनप्रतिनिधिलाई बेवास्ता गरेको र काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उपप्रमुख चौधरीले बताइन् । उनले रामदेव चौधरी कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा रहेको जानकारी दिइन् ।
त्यसअघिका कार्यालय प्रमुख राजकपुर चौलागाईं गत पुष महिनामा सरुवा भएपछि चौधरी नै निमित्त थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ