News Category 2076/01/18
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । हरेक वर्ष मे १ अर्थात मजदुर दिवसका दिन सो माग गर्दै प्रदर्शन गरिएको हो ।
१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।
टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो ।
जुलुसमा सहभागी टे«ड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले गणतन्त्र प्राप्तिपछि पनि मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।
यस्तै सोही दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासँघ सप्तरीको अगुवाईमा स्थानिय पबि माबिको प्राङ्गणबाट निस्केको ¥याली नगरको विभिन्न ठाँउमा प्रदर्शन गरेको छ ।
८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईदै आएको मजदुर संगठनका अगुवा केदार देवले बताए ।
मजदुर दिवसमा हरेक वर्ष नेताहरुले ठूला ठूला सपना बाँड्छन् तर, कार्यान्वयनमा भने आउँदैन मजदुर नेता देवले भने । नेपालमा सबैभन्दा बढी पीडामा मजदुर छन् तर, मजदुरले काम पाउने अवस्था छैन । प्रायः खाडी मुलुक पुगेका छन उनले गुनासो पोखे ।
सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ