News Category 2079/05/10
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
भारतबाट तस्करी गरि ल्याउँदै गरेको एक लाख भन्दा बढी मुल्य बराबरको विद्युतिय सामान शुक्रबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सप्तरीको सप्तकोशी नदी किनारमा डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएको ती विद्युतीय सामानहरु हनुमाननगर कंकालिनी नगरपालिका १४ डल्वास्थित कोशी पलार क्षेत्रबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले सशस्त्र प्रहरी पोष्ट तिलाठीबाट प्रहरी निरिक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटेको टोलीले एक लाख ३७ हजार ९ सय ३२ रुँपैया बराबरको डिबि बक्स ८ कार्टनु, इलेक्ट्रिक स्विच ३ सय ४० थान र पावर सकेट ४ सय ९० थान विद्युतिय सामान बरामद गरेको जानकारी दिएका छन् ।
बरामद सामान शुक्रबार नै आवश्यक कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय पठाइएको छ । प्रहरी देख्नासाथ सामान फ्यालेर डुंगाबाट भारततर्फ भागेका तस्करहरुको खोजिकार्य भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ