News Category 2079/05/10
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशीको बितरण प्रक्रियामा धांधली भएको भन्दै शुक्रबार वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं. ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् ।
उनीहरुले वडा अध्यक्ष साहले सहयोग राशीका लागि सिफारिस गरेको नामावली विवरणमा वडा सदस्यमा निर्वाचित भएका देखी एकै परिवारका तीन÷तीन जनासम्म समावेश गरिएको बताएका छन् ।
यसअघिका वडा अध्यक्ष अख्तर अली बाबाले गरेको सिफारिसलाई उल्टयाई नर्वनिर्वाचित वडा अध्यक्ष साहले मनपरी ढंगले नयाँ नामावली तयार गरेको तथा बास्तविक पीडितमाथी अन्याय भएको पीडित महिला रधियादेवीको भनाई छ ।
वडा अध्यक्ष साहले अघिल्लो वडा अध्यक्षले गरेको सिफारिसमा एउटै परिवारका दुई जनासम्मको नाम परेकाले नामावलीमा केही संशोधन गरेको बताए । ५३ जनाको नाम मात्र सिफारिस गर्नुपर्ने ठाउँमा ५ सय जनाको आवेदन परेको भन्दै उनले यदी केही त्रृटी रहेछ भने वाडको बोर्ड बैठकमार्फत सच्याउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ