News Category 2083/02/13
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशस्तरीय सिनियर महिला तथा यू–१९ छनोट प्रतियोगिता जेठ १४ गतेदेखि राजविराजमा सुरु हुने भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा आयोजित हुने उक्त प्रतियोगितामा प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
प्रतियोगितामार्फत प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट सिनियर महिला तथा यू–१९ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल सिरहा र सप्तरीबीच तथा दोस्रो खेल सर्लाही र धनुषाबीच हुने तय गरिएको छ ।
यसैबीच नेपाल क्रिकेट संघले यू–१९ महिला खेलाडीहरूको उमेर बारे संशोधित जानकारी सार्वजनिक गरेको छ । क्यानले २०८२ जेठ २३ गते जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई पठाएको आधिकारिक पत्रमार्फत नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
पत्रअनुसार यसअघि यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरूको उमेरको कट या डेट १ सेप्टेम्बर २००७ उल्लेख गरिएको छ ।
तर एशियन क्रिकेट काउन्सीलबाट प्राप्त नयाँ जानकारीअनुसार एसीसी अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि १ सेप्टेम्बर २००६ कायम गरिएको छ ।
त्यस्तै इन्टरनेशनल क्रिकेट काउनसील अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि भने १ सेप्टेम्बर २००७ नै कायम रहने क्यानले स्पष्ट पारेको छ ।
सोही आधारमा खेलाडी छनोट प्रक्रिया अगाडि बढाउन सबै जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ ।
क्रिकेट अपरेसन म्यानेजर विनोद कुमार दासद्वारा हस्ताक्षरित उक्त पत्रपछि अहिले जारी मधेश प्रदेशस्तरीय छनोट प्रतियोगितामा पनि सोही मापदण्डअनुसार खेलाडी छनोट गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ