News Category 2083/02/13
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार संघका जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौलाई बुझाएको हो ।
दुई बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा मन्त्रालयको नाममा ज्येष्ठ नागरिक भन्ने शब्द नहटाइयोस, ज्येष्ठ नागरिक ऐन २०६३ (संशोधन २०७९) सहित र ज्येष्ठ नागरिक नियमावली २०६५ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिक संघसंस्थालाई कुण्ठित हुने गरि ज्येष्ठ नागरिक शब्दलाई हटाइएको हुँदा उक्त शब्दलाई यथावत समाबेश गर्न माग गरिएको छ ।
प्रधानमन्त्री शाह नेतृत्वको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक शब्द हटाएर अन्य राखिएकोप्रति आपत्ति जनाएको ज्ञापनपत्रमा देशका लागि योगदान गरेका ३० लाख ज्येष्ठ नागरिक अगुवाको अपनाउन गरेको तथा सरकारको निर्णयले लाखौं ज्येष्ठ नागरिकहरुको अबमुल्यन भएको जनाएको छ ।
बुझाइएको ज्ञापनपत्रमा शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए देशव्यापी सशक्त आन्दोलनमा उत्रिएन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ