विवाहपञ्चमीको रौनक 2075/08/18  यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि  उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन् ।  महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा (रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।     सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागितासमेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारालगायत संपूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउनुहुन्छ । .... विस्तृत
प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो 2075/08/18 पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।     कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले राससलाई बताउनुभयो ।      प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश नं २ मा उच्च रहेको छ । .... विस्तृत

 

ताजा अपडेट