सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा 2075/12/04 सरकारसँग ११ बुँदे सहमति पश्चात् राष्ट्रिय अखण्डता स्वीकार गरेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले अन्तत् नेपालको संविधान भित्रै रहेर पार्टी स्थापना गर्ने निर्णय गरेको छ । सिरहाको लहानमा आइतबारदेखी सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सोमबार अन्तिम दिन विभिन्न निर्णय गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।     बैठक सम्पन्न पश्चात् राउतको फेसबुक मार्फत सार्वजनिक भएको विज्ञप्तिमा डा. राउतकै संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको उल्लेख छ । .... विस्तृत
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली 2075/10/19   सिरहा÷प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारले तराई मधेसको विकासका लागि विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।     प्रधानमन्त्री ओलीले हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएको बताए । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको उल्लेख गर्दै उनले जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हने बताए ।.... विस्तृत
बखन्डी फल सेवन गर्दा  बालबालिकासहित १७ जना बिरामी 2075/10/08  सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् ।  सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।      प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ । .... विस्तृत
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत 2075/09/09  प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । उच्च श्रोतका अनुसार उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकनेछ ।     तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर(सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।.... विस्तृत

 

ताजा अपडेट